कर्पोरेट

नबिल बैंकमा एटीएमबाटै रकम जम्मा गर्न सकिने

Nabil Cash

३ भदौ, काठमाडौं । नबिल बैंकमा एटीएमबाटै रकम जम्मा गर्न सकिने भएको छ ।

ग्राहकहरूको सहजतालाई मध्यनजर गर्दै बैंकले नबिल क्यास मेसिन जारी गरेको हो । आधुनिक बैंकिङ युगको सुरुवात गर्नेतर्फ केन्द्रित हुँदै यो सुविधा ल्याएको बैंकले जनाएको छ ।

यो सुविधा बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरिएको छ । मेसिनमा एक हजार, ५०० र १०० को नेपाल रुपैयाँ जम्मा गर्न सकिनेछ ।

एकपटकमा ९९ हजार ९०० रुपैयाँ बैंकको कुनै पनि बचत र चल्ती खातामा जम्मा गर्न सकिनेछ । यसमार्फत क्रेडिट कार्ड भुक्तानी गर्न सकिने पनि जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *