
३ भदौ, काठमाडौं । अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको निधन भएको छ । रोक्काको बिहीबार बिहान शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा निधन भएको उनका भाइ नवराज रोक्काले जानकारी दिए ।
एक साताअघि उनको कोरोना रिपोट नेगेटिभ आएको थियो । कोरोना रिपोट नेगेटिभ आए पनि स्वास्थ्यमा समस्या देखिएको कारण उनको आइसियूमै उपचार भइरहेको थियो ।
घर, संघर्ष लगायत थुप्रै सिरियल अभिनय गरेका रोक्काले ‘पिरती आफै हुँदो रहेछ’, ‘प्रेम युद्ध’ लगायत केही फिल्ममा नायकको रुपमा समेत अभिनय गरेका छन् । फिल्म ‘प्रेम युद्ध’ उनले निर्माण गरेको चलचित्र हो । काठमाडौ चन्दागिरी १ का स्थायी बासिन्दा रोक्काका दुई छोरा र एक श्रीमती छन् । उनको आजै सतुङ्गलस्थित त्रिवेणी घाटमा अन्त्येष्टी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस