सेयर मार्केट

घटेको सेयर बजारमा साढे २० अर्बको कारोबार, कमाउनेमा बीमाका लगानीकर्ता अगाडी

share market

३ भदौ, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से १८ अंकले घटेको छ । दिनभर उतारचढावका वावजुत बजारमा १८.२४ अंकको गिरावट आएको हो । आजको कारोबारपछि परिसूचक ३१८० अंकमा कायम भएको छ । यस दिन साढे २० अर्ब रुपैयाँको कारोबार भएको छ ।

यस दिन बैंकिङ समूह १९ अंकले घटेको छ । होटल तथा पर्यटन ३०, विकास बैंक १६२, जलविद्युत १२३, फाइनान्स ७३, उत्पादन १९ र लगानी समूह ५ अंकले घटेको छ । यस दिन बीमाका लगानीकर्ताले भने राम्रो मूल्य कमाएका छन् । जीवन बीमा समूह सबैभन्दा धेरै ४६८ अंकले बढेको छ भने निर्जीवन बीमा समूह ४५७ अंकले बढेको छ । त्यस्तै अन्य ३४ र माइक्रोफाइनान्स ५० अंकले बढेको छ ।

जीवन विकास लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । सो कम्पनीको मूल्य प्रतिकित्ता ३ हजार ९०६ रुपैयाँ पुगेको छ । त्यस्तै रिडी हाइड्रोपावरको मूल्य ८.५ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ३७ रुपैयाँ कायम भएको छ ।

साना किसान विकास बैंकको मूल्य साढे ७ प्रतिशतले बढेको छ । सिइडिबी हाइड्रो र युनाइटेड इन्स्योरेन्सको मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ । यस दिन तीन कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ । जलविद्युत लगानी तथा विकास कम्पनी, खानीखोला हाइड्रो र पन्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको हो । ङादी ग्रुप र माउन्टेन हाइड्रोको मूल्य ८ प्रतिशतले घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस