बैँक / वित्त

सिभिल बैंकको शाखा महेन्द्रनगरमा विस्तार

civil bank branch

३ भदौ, काठमाडौं । सिभिल बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो ११५औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले उद्घाटन गरे ।

उक्त शाखा उद्घाटन गर्दै नगर प्रमुख विष्टले महेन्द्रनगरमा वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन यस शाखाले टेवा पु¥याउने बताए । उनले व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिए ।

उद्घाटन कार्यक्रममा सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ्गका प्रमुख भोलाबहादुर विष्टले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकहरुको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस