समाचार

गाईजात्रामा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

gyanendra bdr karki

३ भदौ, काठमाडौं । सरकारले यस वर्षकाे गाईजात्राको पर्वकाे अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिने भएको छ ।

बिहीबार बसेको मन्त्रपरिषद बैठकले भदौ ७ गते परेकाे गाईजात्राको दिन देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेकाे कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि सरकारले गाईजात्रामा काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा दिने गरेकाे थियाे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस