
३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का तीन हजार ७५ संक्रमित थपिएका छन् ।
१६ हजार ४३८ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ५०० पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर ३३ जनाको मृत्यु पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार १२६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
प्रतिक्रिया दिनुहोस