समाचार

भीमफेदीको पान्द्राङमा पहिरोका कारण यातायात अवरुद्ध

pahiro balde

३ भदौ, मकवानपुर । हेटौँडा–भैँसे हुँदै भीमफेदी जाने सडकखण्डमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ ।

भीमफेदी गाउँपालिको पान्द्राङस्थित माथिबाट पहिरो खस्दा उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकीले जनाएको छ । पहिरोका कारण भीमफेदी हुँदै हेटौंडातर्फ आउने सवारीसाधन र भीमफेदीतर्फ जाने यात्रु समस्यामा परेका छन् ।

भैँसे प्रहरीका अनुसार पहिरो हटाउने काम भइरहेको छ । उक्त स्थानमा यसअघि पनि माथिबाट खसेको पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस