विश्व/प्रवास

तालिबानले फायरिङ गर्दा कम्तीमा २ जनाको मृत्यु, दुई घाइते

taliwan

३ भदौ, अफगानिस्तान । अफगानिस्तानको असादावादमा तालिबानले गोली चलाउँदा कम्तीमा दुईजनाको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ । स्वतन्त्रता दिवस मनाउन भेला भएको भीडमाथि तालिबानी लडाकुहरुले गोली चलाएका हुन् ।

त्यसैगरी जलालावादमा स्वतन्त्रता दिवसका अवसरमा अफगानी झण्डा फहराइरहेका व्यक्तिमाथि लडाकुहरुले गोली चलाएका छन् । यसक्रममा एक पूरुष र एक किशोर घाइते भएका छन् । अल जजिराका अनुसार झण्डाको विषयलाई लिएर काबुलमा तालिबानी लडाकु र सर्वसाधारणबीच विवाद निम्तिएको थियो । सडकमा हिँडिरहेका सर्वसाधारणले अफगानिस्तानको पुरानो झण्डा बोकेका थिए, तालिबानले यसमा आपत्ति जनाएपछि उनीहरुले यही झण्डा नै आफ्नो पहिचान रहेको बताएका थिए ।

अहिले काबुल विमानस्थलबाट मानिसहरुले अफगानिस्तान छाड्ने क्रम पनि चलिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सबै अमेरिकी नागरिकले अफगानिस्तान नछाडेसम्म विमानस्थलमा आफ्ना सैनिक कायमै रहने बताएका छन् । यसअघि अमेरिकाले ३१ अगस्टमा अफगानिस्तान छाड्ने समयसीमा तोकिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस