विश्व/प्रवास

भारतीय दूतावासको ताल्चा फोडेर तालीबानले तलासी लिइरहेको दाबी

Afghanistan blast

४ भदौ, काठमाडौं । अफगानिस्तानमा तालिबानले बुधबार कंधार र हेरातस्थित बन्द गरिएका भारतीय दूतावासको तलासी गरेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले दाबी गरेको छ ।

पत्रिकाका अनुसार चरमपन्थी दूतावासमा लगाइएको ताल्चा फोडेर भित्र घुसेका थिए । कंधार दूतावासमा दस्तावेजका लागि दराजको खोजी गरे र दुबै दूतावासमा राखिएका गाडी लिएर गएको जानकारीमा उल्लेख छ । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार काबुलको राज्यको गुप्तचर संस्था एनडीएसका लागि काम गर्ने अफगानीको अनुसन्धान गर्न घर–घर गएर तलासी लिइँदैछ ।

यस्तै जलालाबाद र काबुलको वाणिज्य दूतावासमा के भइरहेको छ यसको जानकारी उपलब्ध छैन । रिपोर्टका अनुसार हक्कानी नेटवर्कका करिब ६० हजार लडाकूले राजधानी काबुललाई कब्जामा लिएको छ । यसको नेतृत्व अनस हक्कानीले गरिरहेका छन् जो हक्कानी समूहका प्रमुख सिराजुद्दीन हक्कानीका भाइ हुन् ।

अनस हक्कानीले अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजाई र एचसीएनआरका प्रमुख अब्दुल्ला अब्दुल्लासँग भेटघाट गरेका छन् । यसले यो पनि बताउँछ कि करजई र अब्दुल्लाको गतिविधिमा तालिबानको प्रतिबन्ध र नियन्त्रण छ ।

करजई र अब्दुल्लासँग तालिबानका नेता मुल्ला अब्दुल गनी बरादरलाई राष्ट्रपति निवासमा एक कार्यक्रमका बेला औपचारिक रुपमा सत्ता सुम्पिने हो कि भन्ने विषयमा कुराकानी चलिरहेको छ । सिराजुद्दीन हक्कालीले क्वेटाबाट निर्देशन जारी गर्ने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस