कर्पोरेट

डिशहोम फाइबरनेट सेवा बनेपामा विस्तार

dishhome banepa

४ भदौ, काठमाडौं । डिशहोम फाइबरनेटले बनेपामा सेवा विस्तार गरेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, हेटौँडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

छिटै नेपालका प्रमुख सहरहरू पोखरा, नेपालगन्ज, धनगढी, बिर्तामोड, वीरगन्जलगायत अरू स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरूका लागि डिशहोम टीभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरू, निःशुल्क डिशहोम गो एप र एक्सभीओडीजस्ता विभिन्न सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।

फाइबरनेटका योजनाहरू १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस