समाचार

दुई दिनमा चीनबाट १६ लाख डोज खोप आइपुग्यो

china covid vaccine

४ भदौ, काठमाडौं । चीनबाट आज थप ८ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले चीनको सिनोर्फाम कम्पनीसँग खरिद गरेको ६० लाख डोज खोपमध्ये आज थप ८ लाख डोज खोप आज ल्याइएको हो ।

योसँगै हिजो र आज गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्नेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस