४ भदौ, काठमाडौं । सेयर कारोबारको अनलाई सिस्टम ‘मेरो सेयर’ को पासवर्ड अब यूजर आफैले परिवर्तन गर्न सक्ने भएका छन् । मेरो सेयर सफ्टवेयर प्रदायक कम्पनी सीडीएससीले आफ्नो सेवामा थप ‘फरगेट योस् पासवर्ड’ सेवा थप गरेको हो ।
उक्त सेवा शुक्रवारदेखि कार्यान्वयनमा ल्याइएको सीडीएससीले जनाएको छ । योसँगै अब मेरो सेयर प्रयोगकर्ताहरूले आफ्नो युजरमा आफैले पासवर्ड परिवर्तन गर्न सक्ने भएका छन् । जुन सुविधा मेरो सेयरमा यसअघि थिएन ।
उक्त सेवामा किल्क गरेसँगै लगानीकर्ताले आफ्नो निक्षेप सदस्यको नाम दाखिला गर्नु पर्ने छ । साथै आफ्नो युजर नेम र जन्म मिति दाखिला गरेपछि पासवर्ड परिवर्तन हुनेछ । परिवर्तित पासवर्ड सिस्टमले नै इमेलमा पठाउने छ ।
इमेलमा आएको पासवर्ड प्रयोग गरी खाता चलाउन सक्ने सिडिएससिको भनाई छ ।
प्रतिक्रिया दिनुहोस