संगीत

यी हुन् नेपाल आइडल सिजन–४ का निर्णायक

nepal idol judge

४ भदौ, काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ मा निर्णायकको टुङ्गो लागेको छ । शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानलाई निर्णायकमा अनुबन्ध गरिएको छ ।

पहिलो सिजनदेखि तेस्रो सिजनसम्म न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक रहेकोमा यो सिजनबाट नयाँ निर्णायक अनुवन्ध गरिएको हो । शोको होस्ट आशिफ साहले गर्नेछन् भने उनको को–होस्टमा रेश्मा घिमिरे रहने जनाइएको छ । यस्तै आइडलको डिजिटल अडिसन शुरु भएको छ । भदौ १ बाट डिजिटल अडिसन शुरु भएको हो । भदौ ३१ गतेसम्म अडिसन दिन सकिने जनाइएको छ ।

अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको  एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । र, आफ्नो  स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ । डिजिटल अडिसनमा पास भएकाहरुको फिजिकल अडिसन हुनेछ ।

डिजिटल अडिशनमा देश तथा विदेशमा रहेका नेपालीले सहभागी हुन पाउनेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस