४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९८ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ११ हजार ६३१ पुगेको छ ।
आज देशभर ३६ हजार ९२२ जना होम आइसोलेसनमा, ३ हजार ३८७ जना संस्थागत आइसोलेसनमा, ७१४ जना आईसीयू तथा १७१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस