प्रदेश १

सञ्चालनमा आयो भोटखोला जोड्ने कोशी राजमार्ग

road

४ भदौ, संखुवासभा । सुक्खा पहिरो खसेर अवरुद्ध भएको उत्तर दक्षिण कोशी राजमार्ग सुचारु भएको छ ।

सङ्खुवासभाको भोटखोला जाने उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको मकालु गाउँपालिका क्षेत्रको सडक मङ्गलबार रातिदेखि अवरुद्ध भएको थियो । उत्तर दक्षिण कोशी सडक कार्यालयको डोजर, अरुण तेस्रो र प्रहरीको सहयोगमा भोटखोला जोड्ने कोशी राजमार्ग आज बिहानदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी टेकनाराण पौडेलले जानकारी दिए ।

सो राजमार्ग अवरुद्ध हुँदा मकालुका केही वडा र भोटखोला गाउँपालिकासँगको सम्पर्क टुटेको थियो । मकालु–३ का हेदाङनामा रोकिएका दर्जनौँ सवारीसाधन अहिले आ–आफ्नो गन्तव्यतिर लागेको मकालु–३ स्थानीय हित कार्कीले जानकारी दिए । सो क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला राजमार्गको भोटखोला सडक खण्ड अवरुद्ध हुने गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *