बागमती प्रदेश

धादिङमा पारिवारिक विवादका मुद्दा बढी

dhading jilla adalat

४ भदौ, धादिङ । जिल्ला अदालतमा सबैभन्दा धेरै पारिवारिक विवादका मुद्दा दर्ता भएको  छ । उक्त विवादका ६३६ मध्ये ३६३ थान मुद्दा फछ्र्योट गरिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म सम्बन्ध विच्छेदका ४२८ मुद्दामध्ये २८५, अंशवण्डाका १७२ मध्ये ७०, सम्पत्ति सम्बन्धी १६२ मध्ये ७२,  बालबालिकासम्बन्धी ४१ मध्ये १७ र  विवाहसम्बन्धी २० मध्ये दुईटा फछ्र्योट भएको छ ।

मुद्दाका प्रकृतिअनुसार फछ्र्योट गर्ने गरिएको र तीमध्ये पारिवारिक विवादका  धेरै रहेको स्रेस्तेदार खुमप्रसाद भण्डारीले बताए । जिम्मेवारी सरी आएका र  नयाँ गरी एक हजार ४५१ थान मुद्दामध्ये ६९६ फछ्र्योट भएको ७५५ थान फछ्र्योट गर्न बाँकी रहेको उनको भनाइ थियो ।

आर्थिक वर्ष ०७५/७६ मा ७२४, ०७६/७७ मा ९५३ र ०७७/७८ मा एक हजार ४५१ थान मुद्दा दर्ता भएकाले तीन वर्षयता मुद्दा दायर गर्ने क्रम बढ्दै गएको देखिएको छ । दुई वर्ष नाघेका ८२ थान मुद्दा बाँकी रहेको र  २०५२ सालदेखिका २८ थान मुद्दा मुल्तबीमा रहेको  बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस