
४ भदौ, काठमाडौं । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा मात्रै १ खर्ब ४ अर्ब ३९ करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखापरीक्षकले कार्यालयले आज सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनले उक्त बेरुजु देखाएको हो ।
यो ०.१३ प्रतिशत अर्थात ५३ करोडले बढेको हो । आर्थिक वर्ष २०७५/७६ सम्म बेरुजु रकम ४ खर्ब १८ अर्ब ३२ करोड थियो । कार्यलयले आज प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रपति कार्यालयमा बुझाएको हो ।
प्रतिक्रिया दिनुहोस