समाचार

बर्दियामा बाघकाे आक्रमणबाट तीन वर्षीया बालिकाकाे मृत्यु

Death Body

४ भदौ, बर्दिया । चितुवाको  आक्रमणबाट बर्दियामा एक बालिकाको मृत्यु  भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार  राजापुर नगरपालिका १० भगतपुरकी ३ वर्षीया बालिका कमला जैसीको मृत्यु भएको हाे ।

घरनजिकै मकैबारीको छेउमा खेलिरहेको अवस्थामा जंगलबाट आएको चितुवाले आक्रमण गरी उनलाई घाइते बनाएको थियो ।

घाइते बालिकालाई उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । बालिकाको शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल बर्दियामा राखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस