
५ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट अलग भएको जानकारी दिएका छन् । शनिबार सामाजिक सञ्जाल ट्वीटरमा उनले जिम्मेवारी छोडेको जानकारी दिएका हुन् ।
ट्वीटरमा थापाले लेखेका छन्, ‘राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु ।’
उक्त जिम्मेवारी अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एक जनालाई लिन उनको आग्रह छ । अध्यक्षद्वयले जिम्मेवारी नलिएको अवस्थामा पार्टीका अन्य कुनै वरिष्ठ नेतालाई संयोजक बनाउन थापाको आग्रह छ ।
राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु।
अध्यक्षद्वय पशुपति शमसेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै बरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह गरेको छु pic.twitter.com/qegkbz6tzA— Kamal Thapa (@KTnepal) August 21, 2021