मनोरञ्जन ताजा समाचार

कलाकार शम्भु थापाकाे काेराेना संक्रमणबाट निधन

sambhu

५ भदौ, काठमाडौं । कलाकार शम्भु थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको निधन भएको हो ।

१८ दिनदेखि उनी उपचाररत थिए । थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् । थुप्रै चलचित्रमा अभिनय गरेका उनले दर्जनौं टेलीचलचित्रमा अभिनय गरेका छन् ।

उनले पछिल्लो समय मदन बहादुर हरिबहादुर, मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलोलगायत टेलिसिरियलमा काम गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस