विश्व/प्रवास

भारतमा १ सय ५१ दिन यताकै सबैभन्दा कम सक्रिय संक्रमित

corona

५ भदौ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सो समयावधिमा ३७५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । आइसीएमआरको तथ्याँकअनुसार भारतमा यसबेला ३ लाख ६१ हजार ३ सय ४० सक्रिय संक्रमित रहेका छन्, जुन १५१ दिन यताकै कम हो ।

पछिल्लो तथ्याँकअनुसार २४ घण्टामा १७ लाख २१ हजार २०५ जनाको कोरोना परीक्षण गरिएको छ भने ५७ करोड ६१ लाखभन्दा बढी भारतीयले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।

भारतमा अहिलेसम्म ३ करोड २३ लाख जनामा संक्रमण पुष्टि भैसकेको छ भने ४ लाख ३३ हजार जनाको संक्रमणबाट मृत्यु भैसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस