समाचार

मध्यपहाडी लोकमार्ग अन्तर्गत अवरुद्ध सडक एकतर्फी सुचारु

pahiro narangadh muglin

५ भदौ, रुकुम । मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिकामा अवरुद्ध भएको सडक एकतर्फी सुचारु भएको छ । अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग शनिबार बिहानदेखि सुचारु भएको हो ।

शुक्रबार दिनभर र शनिबार बिहान दुई वटा जेसिबी लगाएर पहिरो पन्छाएपछि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए । सडक एकतर्फी खुलेपछि अलपत्र सवारी साधनहरू गन्तव्यतिर लागेका छन् ।

जिल्ला भित्रै चल्ने सवारी साधन र रुकुमकोटबाट बागलुङ, पर्वत, बुटवल, पोखरा, काठमाडौंसम्म जाने सवारी साधनलाई पनि सहज भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *