समाचार

२ हजार ७५ जनामा कोरोना पुष्टि, थप ३० को मृत्यु

coronavirus kathmandu

५ भदौ, काठमाडौं । नेपालमा थप दुई हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ७५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ७५ जनाको नतिजा पोजिटिभ आएको हो ।

सात हजार ७०३ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ४२४ र पाँच हजार ४७२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६५१ जनामा संक्रमण देखिएको हो । यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३८२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *