५ भदौ, दाङ । दाङमा दुई हजार ७०० भन्दा बढी व्यवसायीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले विभिन्न क्षेत्रसँगको समन्वयमा दुई हजार ७०० बढी उद्योगी–व्यवसायीहरूले कोभिड–१९ विरुद्धको खोप लगाएको जनाएको छ । संघको पहलमा खोप लगाएको संघका महासचिव महेन्द्र बुढाथोकीले बताए ।
आम नागरिकलाई दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्री आपूर्ति गर्ने ‘फ्रन्टलाइनर’ व्यवसायीहरूलाई कोरोनाविरुद्धको खोप अत्यावश्यक भएकाले आफूहरूले खोप लगाउनका लागि पहल गरेको महासचिव बुढाथोकीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस