५ भदौ, काठमाडौं । अफगानिस्तान सरकारको एक वफादार गुटले तालिबान लडाकुलाई पराजित गरी बघलान प्रान्तका तीन जिल्ला कब्जा गरेको बताइएको छ । बीबीसी फारसीका अनुसार तालिबानबाट खोसिएका तीन जिल्ला पाली हिसार, दी सलाह र बानो हुन् ।
बघलान पन्जशीर प्रान्तको छिमेकमा रहेको छ । अफगानिस्तानको राजधानी काबुलको उत्तरमा अवस्थित पन्जशीर उपत्यका तालिबानविरुद्ध प्रतिरोधको अन्तिम प्रमुख गढ मानिन्छ । लामो समयदेखि पन्जशीर उपत्यका प्रतिरोध केन्द्रको रूपमा चिनिन्छ ।
तालिबान लडाकुले पन्जशीरमा आक्रमण गरे त्यहाँ जम्मा भएका विरोधी समूहमा रहेकाहरूले उनीहरूविरुद्ध लड्ने विश्लेषकहरूको भनाइ छ । बीबीसी
प्रतिक्रिया दिनुहोस