समाचार

अस्ट्राजेनेकाको थप खोपको खेप आइपुग्यो

japan vaccine

५ भदौ, काठमाडौं । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराएको १६ लाख मात्रा खोपमध्ये आज दुई लाख आठ हजार ७०० मात्रा राजधानी आइपुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको संक्षिप्त कार्यक्रममा यहाँस्थित जापानी दूतावासका प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई खोप हस्तान्तरण गरे ।

यसअघि, पहिलो चरणमा साउन २३ र २४ गते नौ लाख मात्रा खोप ल्याइएको थियो । बाँकी खोप भोलि आइतबार र पर्सि सोमबार आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत जापानले १६ लाख १४ हजार ७४० मात्रा अस्ट्राजेनेका खोप प्रदान गरेको राजदूतावासले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस