समाचार

पाँच फरार अभियुक्त पक्राउ

arrest

६ भदौ, लहान । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँचजनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लागुऔषध मुद्दामा आठ वर्ष कैद र तीन लाख १५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका सखुवानान्कारकट्टी गाउँपालिका–४ का २८ वर्षीय देवकुमार यादव र बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र १० हजार रुपैयाँ जरिवाना सुनाइएका लहान नगरपालिका–१३ निवासी ३१ वर्षीय शिवशंकर महतो, लेनदेन मुद्दामा दुई वर्ष कैद पाएका सिरहा नगरपालिका–२ का ५५ वर्षीय रामदेव साह, लेनदेन मुद्दामै पाँच महिना कैद सजाय पाएका सिरहा–१६ का ४० वर्षीय जाकिर मलंग र चोरी मुद्दामा एक महिना कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय तोकिएका सिरहा–१ का २३ वर्षीय सन्तोषकुमार कामती छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस