समाचार

बारामा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

accident

६ भदौ, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६, टागियामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । प्रदेश २, ०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा६५प २७५६ नम्बरको अर्को मोटरसाइकल गए राति करिब साढे १० बजे आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा २७५६ नम्बरको मोटरसाइकलका चालक नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ, अर्का मोटरसाइकल चालक बाराको निजगढ नगरपालिका–९ का १६ वर्षीय विकास साह र सोही मोटरसाइकलमा सवार ३५ वर्षीया सुनैनादेवी साहको मृत्यु भएको हो ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *