अटो

टाटा बीएस ६ कारहरूको लागि टाटा केयर क्याम्प

tata motors

६ भदौ, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको बीएस ६ कारहरूका लागि टाटा केयर क्याम्पको आयोजना गर्ने भएको छ । सिप्रदीको काठमाडौंस्थित सोल्टीमोड र बागडोल आधिकारिक वर्कसपमा यही भदौ ७ गते भदौ ११ गतेसम्म टाटा केयर क्याम्प एकैसाथ सञ्चालन हुनेछ ।

सिप्रदी ट्रेडिङका ग्राहक सेवाका मुख्य प्रबन्धक कुमार भण्डारीका अनुसार बीएस ६ गाडीहरूमा नयाँ प्रविधिको प्रयोग भएकोले यी गाडीहरूलाई अरु गाडीहरूभन्दा भिन्दै नयाँ टेक्नोलोजी प्रयोग गरी सर्भिसिङ गर्नुपर्ने हुन्छ । त्यसैले टाटाको बीएस ६ गाडीको ग्राहकहरूलाई ध्यानमा राखेर सर्भिसिङमा सहजीकरण गर्ने उद्देश्यले यो क्याम्पको आयोजना गर्न लागेको उनले बताए ।

यस टाटा केयर क्याम्पअन्तर्गत टाटा बीएस ६ कारहरूको सम्पूर्ण स्वास्थ्य जाँचहरू हुनेछ । लेवर चार्जमा ५०% छुट, फ्री टप वासिङ, स्पेयर पार्ट्समा १५% छुट, म्याक लुब्रीकेन्ट्समा १५% छुट र जेनुइन सामानहरूमा १५% छुट हुने कम्पनीले जनाएको छ ।

यस्तै, निःशुल्क १० पोइन्ट चेकअप, निःशुल्क ब्याट्री र इलेक्ट्रिक चेकअप, निःशुल्क कम्प्युटर डायग्नोसिस, निःशुल्क सस्पेन्सन चेकअप, निःशुल्क ब्रेक चेकअपको साथै उक्त क्याम्पमा ग्राहकहरूले आकर्षक उपहारहरू पनि प्राप्त गर्ने कम्पनिले जनाएको छ ।

सर्भिस बुकिङको लागि ९८०२३३३१५६ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस