
६ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफू एमालेमै रहेको स्पष्ट पारेका छन् । आइतबार एक विज्ञप्तिमार्फत गौतमले आफू लामो समयसम्म एमालेमै रहेर नेतृत्वको कार्याशैलीप्रति मतभेद राखे पनि फरक दलमा नगएको बताएका छन् ।
गौतमका स्वकीय सचिव दीपक टमटाद्वारा जारी विज्ञप्तिमा गौतम हाल एमालेमै रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा सञ्चारमाध्याहरूमा नेता माधवकुमार नेपालको पार्टी एकीकृत समाजवादीमा गएर मन्त्री बन्न लागेको भन्दै प्रकाशित समाचारले गौतमको चरित्र हत्या भएको उल्लेख गरिएको छ ।
“विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा (एकीकृत समाजवादी) पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन,” विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस