
६ भदौ, काठमाडौं । बेलायती पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले अब रूस, चीन र इरानले अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटना क्रमको फाइदा उठाउने दाबी गरेका छन् ।
उनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता लिने अमेरिकाको निर्णयको कडा आलोचनासमेत गरेकाे बीबीसी हिन्दीले जनाएकाे छ । गठबन्धन सैनिक फिर्ता भएसँगै जिहादी समूहको हिम्मत बढ्ने उनको भनाइ छ ।
बिस वर्ष पहिले टोनी ब्लेयर प्रधानमन्त्री भएका बेला बेलायतले अफगानिस्तानमा आफ्नो सेना पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस