समाचार

थप १९२०जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

corona test nepal

६ भदौ, काठमाडौं । नेपालमा थप एक हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ५१६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ९२० जनाको नतिजा पोजिटिभ आएको हो । नौ हजार ४४३ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ७०२ र तीन हजार ७३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २१८ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २४ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस