विश्व/प्रवास

काबुल विमानस्थलमा प्रवेश गर्न खोज्ने ७ अफगान नागरिकको हत्या

Kabul Airport

६ भदौ, अफगानिस्तान । अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्न खोज्ने ७ अफगान नागरिकको हत्या भएको छ ।

समाचार एजेन्सी एपीले तालिबानले देश नियन्त्रणमा लिएसँगै तालिबानी शासनबाट भाग्न खोज्ने अफगान नागरिकका लागि अझै खतरा बाँकी रहेको उल्लेख गरेको छ । एपीले बेलायती सेनालाई उद्धृत गर्दै लेखेकाे समाचारमा अफगास्तिानमा इस्लामिक स्टेट सक्रिय हुन थालेसँगै पछिल्लो घटना भएको उल्लेख छ ।

गत आइतबार तालिबाने अफगानिस्तान आफ्नाे नियन्त्रणमा लिएकाे थियाे । अफगानिस्तानमा नयाँ सरकार गठनकाे तयारी रहेकाे तालिबानबाट अफगान नागरिक भागिरहेका छन् । अगस्ट १५ देखि काबुल विमानस्थलमा हजाराैँकाे भिड लागिरहेकाे छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस