समाचार

दाङमा तीन थान चितुवाको छालासहित तीनजना पक्राउ

arrest

६ भदौ, दाङ । दाङमा तीन थान चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् ।

लमही नगरपालिका–९ अमिलियाबाट ३ थान चितुवाको छाला सहित बैतडी पाटन नगरपालिका–६ बस्ने २० वर्षीय बिमल औजी लगायत तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

कोहलपुर बाँकेबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय अमलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त छाला फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस