
६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ५१६ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर एक हजार ९२० जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५६६ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ३९५ जना छन् । यस्तै, ललितपुरमा ११० र भक्तपुरमा ६१ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर २४ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर दुई हजार २४८ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।
प्रतिक्रिया दिनुहोस