संगीत

तीज गीत ‘जोर मादल’ सार्वजनिक

Jor Madal

६ भदौ, काठमाडौं । महिलाहरुको महान पर्व तीज नजिककिदै गर्दा बिभिन्न तीज गीतहरू बजारमा भित्रिरहेका छन् । यस्तैमा गायिका शर्मिला श्रेष्ठले पनि तीज गीत ‘जोर मादल’ ल्याएकी छन् । गायिका श्रेष्ठकै शब्द र पम्फा थापाको लय रहेको गीतको एरेन्ज  दिनेश थापाले गरेका छन् ।

तीजमा माइतबाट लिन भाई आएको, श्रीमान्सँग माइत जान बिदा मागेको र तीजमा रमाइलो गरेको प्रसंग समेटिएको गीतको आकर्षक भिडियो पनि बनेको छ । निरेन श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोमा रामकृष्ण चौलागाईको छायाँकन, रोशन धितालको सम्पादन रहेको छ ।

गीतको भिडियोमा आरुषी मगर, राम थापा, कल्याण श्रेष्ठ, लक्ष्मण मल्ल र भूमिकला ढकाल लगायतको अभिनय र नृत्य देख्न सकिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *