कर्पोरेट

५० करोड लागतमा नेपालमै आरसी कोला उत्पादन शुरु

rc cola press meet

६ भदौ, काठमाडौं । अमेरिकन कोल्ड ड्रिंक्स ब्राण्ड आरसी कोला नेपाली बजारमा उपलब्ध भएको छ । नेपालमा नै उत्पादन सुरु भएर आरसी कोलाका ६ उत्पादन नेपाली बजारमा उपलब्ध भएको हो । भेञ्चुरा बोटलर्स प्रालिले हल्का कार्बोनेटेट पेय उत्पादनको एउटा नयाँ श्रृंखला नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीले आज एक विशेष कार्यक्रमबीच नेपाल आरसी कोला, माइरेन, आरसी क्यू लेमन लाइम, आरसी क्यू अरेज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर सार्वजनिक गरेको हो । यी सबै उत्पादनको बजार मूल्य एकै प्रकारको रहेको कम्पनीले जानकारी दिएको छ। २ सय ५० एमएलको नेपाली बजार मूल्य ४० रुपैयाँ रहने जनाइएको छ ।

भेञ्चुरा बोटलर्स प्रालिले ५० करोड लगानीमा हेटौँडामा आफ्नो कम्पनी स्थापना गरी उत्पादन सुरु गरेको हो । वैशाखदेखि नेपाली बजारमा उपलब्ध गराउने योजना बनाए पनि कोरोनाको कारण आजदेखि बजारमा ल्याउन सकिएको कम्पनीका अध्यक्ष सुभाष आचार्यले बताए ।

यी उत्पादनहरु नेपालभर उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । अध्यक्ष आचार्यले भने ‘आरसी कोला, पुरानो र चिरपरिचित अमेरिकी छवि अनि वर्तमानको अनुभूतिसहितको अमेरिकाको एक मौलिक कोला अब नेपालका पसल वा बिक्री भण्डारहरूमा उपलब्ध छन्।’

rc cola press meet

कम्पनीका अनुसार यसको उत्पादनका लागि आवश्यक पर्ने कन्सन्टेटेड कच्चा पदार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्वसबाट आयात गरिन्छ। मकवानपुरमा रहेको मेञ्चुरा बोटलर्सको अत्याधुनिक प्लान्टमा अमेरिकी स्तरको प्रकृयामा नेपाली पानीको समिश्रणबाट नेपालमा आरसी कोला तयार हुने कम्पनीले बताएको छ ।

आरसी कोला सन् १९०५ मा संयुक्तराज्य अमेरिकाबाट उत्पादन सुरु भएको हो । उक्त  उत्पादनहरुको संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडिए), युरोपियन खाद्य सुरक्षा निकाय (इएफएसए) का साथै एशिया र अफ्रिकाका विभिन्न खाद्य सुरक्षासँग सम्बन्धित निकायहरूबाट समेत अनुमोदन तथा नियमन हुँदै आएको छ । उत्पादनको स्तर र उपभोक्ता हितप्रतिको प्रतिवद्धतालाई कम्पनीको पहिलो प्राथमिकता रहेको कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस