७ भदौ, दाङ । दाङमा खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ ।
शान्तिनगर गाउँपालिका–२ निवासी ५१ वर्षीय बामे विकलाई एक्ले खोलाले बगाउँदा भदौ ३ गते बेपत्ता भएका थिए । खोजतलास गर्दा आज उनको शव फेला परेको दाङका प्रमुख जिल्ला अधिकारी रामबादुर कुम्वाङले जानकारी दिएका छन् ।
खोला तर्ने क्रममा विक बगेर बेपत्ता भएका थिए ।
प्रतिक्रिया दिनुहोस