सुनचाँदी

सोमबार सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?

gold today price in nepal

७ भदौ, काठमाडौं । सुनको मूल्यमा निरन्तर उतारचढाव कायम छ । भदौ ७ गते, सोमबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

यस दिन सुन तोलामा २०० रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य ओरालो लागेर प्रतितोला ९० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी सोमबार चाँदीको मूल्य पनि उकालो लागेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार १९० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको थियो ।

सो दिन चाँदी प्रतितोला एक हजार १८० रुपैयाँ तोकिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *