विश्व/प्रवास

अफगानिस्तानमा भएको गोली हानाहानमा जर्मन र अमेरिकी सेना पनि संलग्न

kabul

७ भदौ, काठमाडौं । अफगानिस्तानमा पश्चिमा सुरक्षा बल, अफगान सुरक्षा गार्ड र अज्ञात बन्दुकधारीबीच सोमवार गोली हानाहान भएको छ । काबुल विमानस्थलको उत्तरी गेटमा भएको लडाइमा एकजना अगफान सुरक्षा गार्ड मारिएको र तीनजना घाइते भएका जर्मन सेनाले बताएको छ ।

सो घटना भएपछि आक्रमणकारी विरुद्धको गोली हानाहानमा जर्मन र अमेरिकी सेना पनि संलग्न भएका समाचार संस्था एएफपीले जनाएको छ । अगस्ट १५ मा तालिबालने काबुल कब्जा गरेपछि विमानस्थल अस्तव्यस्त हुँदै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस