समाचार

कस्तूरीको बीणा र चितुवाको छालासहित ५ जना पक्राउ

pakrau

७ भदौ, दाङ । बहुमूल्य कस्तूरीको बीणा र चितुवाको छालासहित प्रहरीले दाङका दुई छुट्टाछुट्टै स्थानबाट ५ जनालाई पक्राउ गरेको छ ।

बिणासहित पक्राउ पर्नेमा घोराहीको होटेल टु डे प्लाजाबाट घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसी रहेका छन् । प्रहरीले दुबै अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ ।

त्यसैगरी प्रहरीले चितुवाको तीनवटा छाला सहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बैतडीका प्रदीपकुमार विक, विमल औजी र हेमन्त औजी अमिलियाबाट पक्राउ परेका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *