मुख्य समाचार

माधव नेपाल हतार गरेर पार्टी दर्ता गर्न जानुभयो : योगेश भट्टराई

Yogesh Bhattarai

७ भदौ, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेता माधवकुमार नेपाल हतारिएर नयाँ दल दल दर्ताका लागि निर्वाचन आयोग गएको बताएका छन् । आज एमाले अध्यक्ष केपीशर्मा ओली निवास बालकोटमा भएको छलफलपछि उनले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुसँग छलफल नै नगरी निर्णय गरेको आरोप पनि लगाए ।

“उहाँले अलि हतारमा, स्थायी कमिटीको टिम जो उहाँसँग रहयो । त्यो टिमसँग निर्णायक छलफल नगरिकन, उहासँग रहनुभएका केन्द्रीय कमिटीका सदस्यसँगको छलफलले गरेको म्याण्डेट बाहिर जानुभयो । केन्द्रीय कमिटीसँग पनि छलफल नगरेर उहाँले हतार गर्नुभयो,”उनले भने । भट्टराईका अनुसार अध्यक्ष ओलीले पार्टी एकताबद्ध बनाउने जिम्मेवारी आफ्नो रहेको बताएका छन् ।

एमालेले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ । आजको छलफलपछि २०७५ जेठ २ गतेको संरचना स्थापित हुने उनले बताए । स्थायी कमिटीले केन्द्रीय कमिटी बैठक आह्वान गर्ने उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस