क्रिकेट

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

Cricket New Jersy

७ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले खुला प्रतिस्पर्धाबाट नेपाली टोलीको नयाँ जर्सीको डिजाइन छनोट गरेको हो ।

क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्रिकेट टिमको नयाँ जर्सी आदर्श पोखरेलले डिजाइन गरेका हुन् । करिब ५ सय डिजाइनबाट पोखरेलको डिजाइन छनोट गरिएको हो ।

पोखरेलले पुरस्कार स्वरूप नगद १ लाख रुपैयाँ हात पारे । क्यानले नयाँ जर्सी छनोटका लागि ४ सदस्यीय समिति गठन गरेको थियो ।

नेपाली टोलीले नयाँ जर्सी ओमान भ्रमण दौरान प्रयोग गर्नेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान भ्रमणमा जाँदैछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *