अटो

जावा मोटरसाइकलको शोरूम नेपालगञ्जमा

jawa motors

७ भदौ, नेपालगञ्ज । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइङ्कले नेपालगञ्जको भुजाई गाउँ चोकमा जावा मोटरसाइकलको शोरूम संचालनमा ल्याएको छ ।

अग्नि मोटोइङ्कका महाप्रबन्धक शरद मिश्रले शोरूम उद्घाटन गर्दै ग्राहकहरू र यस क्षेत्र वरपरका ग्राहकहरूलाई कम्पनी तथा यसका सबै गुणस्तरीय सेवाहरुमा अधिकतम सुविधा जनक र किफायती पहुँचसहित थप लाभ पु¥याउने उद्देश्य राखेर पूर्ण रूपले सञ्चालित सुसज्जित सेवा केन्द्रसहित यो नयाँ जावा शोरूम स्थापना गरिएको बताए ।

कम्पनीले नेपालगञ्जको केन्द्र र वरपरका क्षेत्रमा ‘टेस्टराइड’को सुविधा दिने जनाएको छ । नेपाली बजारमा अग्नि मोटो इङ्क बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा उपलब्ध छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस