गण्डकी प्रदेश

लागूऔषध सहित २ जना पक्राउ

arrest

७ भदौ, पोखरा । प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । चेकजाँच गर्ने क्रममा बसमा सवार पोखरा –९ का आशिष गुरुङ र मेनुका परियारलाई नवलपरासी पूर्वको कावासोती–१६ स्थित चालीस किलो जंगलबाट प्रहरीले जनाएको छ ।

प्रहरीले चेकिङका क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ४ ख ६७७० नम्वरको बसबाट दुबै जनालाई नुर्फिन ५० एम्पुल, फेनारागन ५० एम्पुल, डाईजेपाम ५० एम्पुल सहित पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस