समाचार

रोल्पामा छोराले गरे बाबुको हत्या

Death Body

७ भदौ, रोल्पा । रोल्पामा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका-४ बागुरका २५ वर्षीय टेकबहादुर नेपालीले ६० वर्षीय बाबु लक्षिमान दमाईको हत्या गरेका हुन् ।

हत्या अभियोगी नेपालीलाई गएराती नै पक्राउ गरिएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेश सुवेदीले जानकारी दिए । ‘बाबुको हत्या गर्ने छोराले मदिरा सेवन गरेको देखिँदैन’ डिएसपी सुवेदीले भने, ‘घरायसी विवाद भएको पाइन्छ तर घटनाको थप अनुसन्धान हुँदैछ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस