मुख्य समाचार

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी नियुक्त

shri krishna subedi

८ भदौ, रूपन्देही । लुम्बिनी प्रदेशको मुख्य न्यायधीवक्तामा प्युठानका श्रीकृष्ण सुवेदी चयन भएका छन् । सुवेदीले सोमबार राती प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका हुन् । उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दिक्षितले सुवेदीलाई शपथ ग्रहण गराएकी हुन् ।

निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्व रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिँदा खाली रहेको पदमा सुवेदीलाई गठबन्धन सरकारले नियुक्त गरेको हो । नवनियुक्त न्यायाधिवक्ता सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए ।

सुवेदीको शपथग्रहणमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी,मन्त्रीहरू प्रदेशसभा सदस्यहरू प्रहरी सेना तथा मन्त्रालय तथा कार्यालयका सचिव तथा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस