समाचार

नारायणी नदीमा हामफालेर पुरुष बेपत्ता, नागरिकता भेटियो

narayani nadi

८ भदौ, चितवन । भरतपुर महानगरपालिका–३ नारायणगढ नजिकै नारायणी नदीको पुलबाट हामफालेर अन्दाजी ४०/४५ वर्षीय एक जना बेपत्ता भएका छन् ।

विपत् उद्धारसहितको टोलीले उनको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

उनले ती व्यक्ति हामफालेको स्थान  नजिकै झोलाभित्र नागरिकताको फोटो कपी भेटिएको र यसमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता उल्लेख रहेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस