
८ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री सल्लाहमै बनेको खुलासा गरेका छन् ।
आज चन्द्रागिरिमा सञ्चारकमीसँग बोल्दै उनले आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको भए पनि अहिले शाक्य अप्ठ्यारोमा रहेको बताए ।
“उहाँ सल्लाहले नै हुनुभएको हो । मेरो सहमति लिनु भएकै हो । तर, उहाँ पनि अप्ठ्यारोमा हुनुहुन्छ । पार्टी बनेपछि नयाँ पार्टी रोज्नुपर्छ । म त्यसमा धेरै भन्न चाहन्न ।”
उनले २१ दिनमा दल रोज्न पाउने भएकाले त्यसपछि मात्रै सरकारमा बन्ने बताए । नेता नेपालले नयाँ दलको निवेदन नै दिएकै दिन अष्टलक्ष्मी वाग्मती प्रदेशकी मुख्यमन्त्री बनेकी थिइन् ।
शाक्यलगायतका तेस्रो धारमा रहेका नेताहरुले एमालेमा नै रहने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस