
८ भदौ, काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको तीज गीत ‘हे माइती राजा’ सार्वजनिक भएको छ ।
तीजको पूर्व सन्ध्या पारेर सार्वजनिक गीतमा डम्बर बिकेलको शब्द, रिमेश कुमारको संगीत र रचना रिमालको स्वर रहेको छ । गीतमा संगीत संयोजक ओम सुनारले गरेका छन् । मदानी मुभि एण्ड इन्टरटेन्मेन्टले गीतको भिडियो निर्माण गरेको हो ।
जसको निर्देशन फिल्म निर्देशक नवल नेपाल गरेका छन् । नारीको वेदना, तीजको बेलामा माइतीले गरेको अवहेलनालगायत बिषय भिडियोमा देखाउन खोजिएको छ । भिडियोमा अभिनेत्री पोखरेलले एकल महिलाको भूमिकामा देखिएकी छन् ।
प्रतिक्रिया दिनुहोस